काठमाडौं - स्थानीय बजारमा सुनकाे मूल्य आज एक सयले बढेकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैँयाले बढेर एक लाख ६८ हजार २०० रूपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला रु एक लाख ६८ हजार १०० रूपैँया कायम भएको थियाे ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रूपैँयाले घटेकाे छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैँयामा कारोबार भएकाे थियाे ।