काठमाडौं– महालक्ष्मीविकास बैंक लि. ले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई सहयोग गरेको छ । बैंकले महाशाखालाई पीफोर–लीड सूचनाबोर्ड उपलब्ध गराएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई उक्त बोर्ड हस्तान्तरण गरेका थिए । महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण उपलब्ध गराएको बैंकले जनाएको छ ।