काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य छ सयले बढेकाे छ । आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेर प्रतितोला रु एक लाख ७० हजार २ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
अघिल्लो दिन महासंघका अनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ ।
त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार नौ सय ४५ तोकिएको छ । साेमबार सोही परिमाण चाँदी रु एक हजार नौ सय ७५ मा कारोबार भएको थियो ।
नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ ।