काठमाडाैं - गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्में रित्तो जान्छु’ उनको रेकर्ड भएको तेस्रो गीत हो।
विक्रम राईको संगीत, सागर संसार राईको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ र राजेश श्रेष्ठ रेकर्डिस्ट रहेको छ । उनले रित्तो जन्मिएर रित्तै जानुपर्ने यथार्थता प्रस्तुत गर्दै गीत मार्फत माया प्रेम, सद्भाव र हाँसीखुसी बाँच्नुपर्ने बताएका छन्।
‘ए वान म्यूजिसियन स्टुडियो’ मा रेकर्ड भएको उनको गीत ‘मेनुका राई इन्टरटेनमेन्ट’ युट्युव च्यानलबाट सार्वजनिक भएको हो।यसअघि उनका तिमी मेरो पारूहाङ (पुरूष ) र तिमी मेरो सुम्निमा (महिला) गीत सार्वजनिक भएको छ ।
सानैदेखि समाज सेवामा अभिरूचि भएका उनी किरात राई चाम्लिङ खाम्बातिम, बेलायतका अध्यक्ष, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव हुन् ।