काठमाडौं– डिसहोमले नेपालमानै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरूको प्रतिभालाई उजागर गर्नका लागी नयाँ कार्यक्रम प्रशारण गर्ने भएको छ । डिसहोमले नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वढी बालबालिकाहरूको अडिसनपछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुतगर्ने मञ्चको रूपमा सुनौलो तारा कार्यक्रम सुरु गरेको हो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखीप्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ताशुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरूको लागी उपलब्ध गराईएको छ । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सहप्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीलाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरू पनि विजेताले प्राप्त गर्ने डिसहोमले जनाएको छ ।