काठमाडौं – मञ्जुश्री संवत्र २०६१ डुल (सा पुख्री) ल्हो– सर्प वर्ष सोनाम ल्होछारको अवसरमा तामाङ रिमठीम पर्यटन सञ्जालले काठमाडौंको काठे सिम्बु ठहिटीमा एक कार्यक्रम गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा रूबी भ्यालीका गाउँपालिका अध्यक्ष राम सिङ तामाङ रहेका थिए । उनले शुभकामना दिने क्रममा पर्यटन क्षेत्रमा काम गर्नका लागि बनिएका संस्थाले वास्ता नगरेकोमा आक्रोश पोखाएका हुन् ।
रूबी भ्यालीका धेरै युवाहरू कामको खोजीमा मलेसिया पुगेका छन् । राष्ट्रले रोजगार दिन सकेन , रूबी भ्यालीका युवाहरूलाई तालिमको पहल गर्दा सरकारका निकायले वास्ता नगरेकोमा आक्रोश पोखाए । उनले भने, ‘ पर्यटनको लागि ३० लाख बजेट पाउँदा एनएमएले वास्ता गरेन । टान र एनएमए जस्ता संस्था देशको पर्यटनका लागि किन अघि सर्दैन? पर्यटनका लागि काम नगर्ने संस्था किन चाइयो ? जुन कामको लागि बनेको हो त्यसको लागि काम गर्न पर्यो ।नेपालको प्रशासनको कुरो बुझन नसकिने रहेछ । सरकारले दिएको अधिकार र बजेट छरपष्ट छ । ’
‘यो डुल ल्होछारले नयाँ केही आशा ल्याएको छ । रूबी भ्याली एक अगार्निक क्षेत्र भइसकेको छ । राजधानी नजिकै भए तापनि यहाँको सौन्दर्यताको प्रस्फुटन हुन नसकेकोमा आजको यस कार्यक्रमले केही आशा ल्याएको ’ उनले बताए ।
उक्त कार्यक्रमको विशेष अतिथिका रूपमा रहेका डेनमार्कका वाणिज्य राजदूत हरी घोलले शुभकामना दिने क्रममा भने ,‘यो ल्होछार मञ्जुश्रीको नामसँगै बुद्ध धर्म पनि जोडिएको छ । यसको अझ गहन अध्ययन गरीडेनमार्कमा लानुपर्ने देखिएको छ । चीनसँग पनि गासिएको यो नयाँ वर्षको उत्सव फरक मितिमा नेपालका तामाङ ,गुरूङ ,शेर्पाहरूले मनाउने गर्दछौँ । तामाङको कला, संस्कृति सिक्नुपर्ने रहेछ । डेनमार्क जाँदा तामाङको सस्कृतिलाई सिकेर लिएर जाने उनले बताए । ’
अर्का अतिथि नवराज दाहालले पनि अन्य चाड मनाइरहँदा मौलिक हाम्रा कला संस्कृति लोप हुन्छ कि भन्ने चिन्ता व्यक्त गरे । विशेष अथितिहरूमा नवराज दाहाल, आरोही संघका शर्मिला लामा तामाङ ,श्रीघ महाविहरका सचिव पुरण शाक्य, तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङ ,जिटिनका अध्यक्ष पिताम्बर गुरूङ र पर्यटन संगठन नेपालका कुमार थापा रहेका थिए । जिटिनका अध्यक्ष गुरूङले यस कार्यक्रमको सुरूवात लामाद्वारा पूजा गरी सुरू गरेकोमा राम्रो लागेको बताए । यसरी नै हाम्राे संस्कृति जाेगिने उनले भने ।
कार्यक्रममा रिमठीम पर्यटन सञ्जालकी अध्यक्ष सरिता लामाले सबैको उपस्थितिलाई धन्यवाद दिँदै अब रूबी भ्यालीको नाम स्थानीय नाममा सुन्न चाहने बताइन् । उनले उक्त कार्यक्रममा तामाङ समूदायको संस्कार र समूदाय झल्काउने रैथाने खाजा पनि तयार गरिएको उपस्थित सबैलाई चाखेर जान आग्रह गरिन् । ‘विगतको सल्लाह र सुझावअनुसार नै यो संस्कृति झल्काउने खानाको परिकार सबैलाई चिनाउन पायौँ । यसरी नै हामीले आफ्नो पहिचानको जर्गेना गर्न सक्छौँ’ अध्यक्ष लामाले भनिन् ।