काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य सत्ताइस सयले घटेको छ । आज सुनकाे मूल्य प्रतितोला रु २७ सयले घटेर रु एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा र शुक्रबार सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० मा काराेबार भएकाे थियाे ।
यसैगरी, आज चाँदी प्रतितोला रु १५ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ । शुक्रबार सोही परिमाणको चाँदीकाे मूल्य प्रतितोला रु एक हजार नौ सय ७० निर्धारण भएकाे थियाे ।