काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे । उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
अधिकारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।