काठमाडाैं - मंगलबार प्रतितोला सातसय रुपैयाँ बढेको सुनको मूल्य आज झन् धेरै बढेको छ। सुनको मूल्य आज प्रतितोला एक हजार एकसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे।
आज सुन प्रतितोला एक लाख ७० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख लाख ६९ हजार चारसय थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँ बढेको हो। हिजो तोलाको एक हजार नौसय ७० मा किनबेच भएको चाँदीको मूल्य आज एक हजार नौसय ८५ रुपैयाँ पुगेको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।