काठमाडाैं - सातामा पाँच दिन कारोबार हुने धितोपत्र दोस्रो कारोबार आज (बुधाबार) नहुने भएको छ । फागुन ७ गते (आज) राष्ट्रिय प्रजातन्त्र दिवस परेकाले सरकारी कार्यालयहरू बिदा हुने भएकाले आज सेयर कारोबार बन्द हुनेछ ।
नियमित सेयर कारोबार बिहीबार (भोली) खुल्नेछ । मंगलबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.९१ अंकले बढेर ७३९.८२ विन्दुमा बन्द भएको छ । सो दिन १० अर्ब ४३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।