काठमाडाैं - बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक भएको छ ।
प्रेम र त्यस पछि बाध्यताले टाढा हुन परेको वियोगको भाव अनि पुनर्मिलनको केहि आशा, केहि अपेक्षा बोकेको गीत ‘विर्सिएर तिमीलाई’ बबिना भट्टराईको अफिसियल युट्व च्यानलबाट सार्वजानिक भएको हाे ।
गीतमा आग्रह गरिएको छ मनको मझेरीमा बसिदिन अनि मायाको बन्धन दरो गरि, अव कहिल्यै नचुडिने गरि, नफुस्कने गरि कसिदिनको लागि । बाध्यताले टाढिएको मन फेरि जोडिने आशा गीतमा भेटिन्छ । गीत ‘विर्सिएर तिमीलाई’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर संगीत तथा शब्द मासार्वजनिक भएको छ । स्वरमा बबिनालाई बैकुण्ठ प्रधानले साथ दिएका छन् ।
गायन र संगीतमा अब्बल बबिना गीत ‘विर्सिएर तिमीलाई’ मार्फत गीतकारको रुपमा पनि आफ्ना दर्शक श्रोता माझ आएकी छिन्, हुन त यो भन्दा अघि पनि उनका शब्दमा केहि गीतहरु सार्वजनिक भइसकेका छन् । गीत ‘विर्सिएर तिमीलाई’ ले बबिनालाई सुमधुर स्वर र मधुर संगीतको धुन भर्न सक्ने संगीतकर्मीका साथै राम्रा र मार्मिक शब्द लेख्न सक्ने गीतकारको रुपमा पनि परिचय थपिदिएको छ ।
‘बिर्सिएर तिमीलाई’ गीतको एरेन्ज साहस शाक्यले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । गीत म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्ड गरेका हुन् । गीतमा नोभा ठकुरीले गितार र भरत बुढाथोकीले मादलको सुमधुर धुन भरेका छन् । गीत ‘बिर्सिएर तिमीलाई’ को राम्रो भिडियो बनेको छ । भिडियोमा बिना राउत, शिवजी क्षेत्री, नविन लुहागुन लगायतले आफ्नो अभिनय गरेका छन् । कलाकारलाई रोशिना अधिकारीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन् । भक्तपुरको गुण्डुमा शिवजी क्षेत्रीको निर्देशन र कोरियोग्राफीमा सुनिल राउत र समुहले खिचेका गीतको भिडियोको सम्पादन तथा कलर सांग्रिला स्टेशनमा विनोद वमले गरेका छन् ।
गीत ‘बिर्सिएर तिमीलाई’ तिमीलाई पछि विगत केहि वर्ष देखि हरेक वर्ष महाशिवरात्रीको अवसरमा शिव भजन लिएर आउने गरेकी बबिनाले यस पटकको महाशिवरात्रीको पावन अवसरमा पनि दिनेश खनालको शब्द अनि बबिनाको आफ्नै स्वर तथा संगीतमा शिव भजन केहि दिनमा सार्वजनिक हुने क्रममा रहेको उनले जानकारी दिएकी छिन् ।