काठमाडौं-अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीपमा नेपालले आज लेबनानको सामना गर्दैछ । दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपाल र लेबनानको खेल साँझ ६ बजे हुनेछ ।
पहिलो खेलमा कीर्गिस्तानविरुद्ध १-० को साँघुरो जित निकालेको नेपाल दोस्रो खेलमा पनि जितको लय कायम राख्न चाहन्छ। आजको खेलमा पनि पराजित भए लेबनानको फाइनल पुग्ने सम्भावना समाप्त हुने भएकोले उसलाई जितको दबाब रहेको छ ।
कीर्गिस्तानसँगको खेलको इन्ज्युरी समयमा निधारमा चोट लागेपछि डिफेन्डर निशा थोकरलाई आराम दिनुपर्ने भएको छ। यसकारण डिफेन्समा नयाँ खेलाडीलाई अवसर हुनेछ। आज दिउँसो २ बजे हुने खेलमा म्यानमारले कीर्गिस्तानसँग खेल्ने तालिका छ।