काठमाडौं- दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपाल नेपालले लगातार दोस्रो खेल जितेको छ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीपमा लेबनान विरुद्ध नेपालले १-० को अन्तरमा जितेको छ।
पहिलो खेलमा कीर्गिस्तानविरुद्ध १-० को साँघुरो जित निकालेको नेपाल दोस्रो खेलमा पनि जितको लय कायम राखेको छ ।
अब प्रतियोगिता अन्तर्गत आउने आइतबार नेपाल र म्यानमार तथा लेबनान र कीर्गिस्तानबीच खेल हुनेछ । नेपाल र म्यानमारलाई फाइनल अघि वार्फ जस्तै हुनेछ भने लेबनान कीर्गिस्तानका लागि प्रतिष्ठाको खेल हुनेछ ।