भक्तपुर- भक्तपुर जिल्ला आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा धावा लामा चयन भएका छन् । बिहीबार बसेको जिल्ला भेलाले लामालाई सर्वसम्मत चयन गरेको हो ।
लामाको नेतृत्वमा १३ जना कार्यसमिति चयन भएको छ । उपाध्यक्ष रविन भडेल , सपना मगर , चयन भएका छन् । यसैगरी , सचिवमा प्रदिप थिङ , सह–सचिवमा बर्मा लामा , बिनेस प्रजापति कोषाध्यक्षमा कमला माझी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रेम मगर , रोमन भुजेल हेमकुमार घलान ,राजकुमार घिसिङ ,रिदम राई,बिजय थिङ ,कृष्ण कुमार माझी ,चयन भएका छन् ।
आदिवासी जनजाति युवा महासंघ नेपालको बागमती प्रदेश अध्यक्ष विलाम मुक्तानको सभाध्यक्षतामा भएको भेलामा आदिवासी जनजाति युवा महासंघ नेपालको केन्द्रिय प्रतिनिधि सचिव घम्ब घिसिङ (मिलन)को प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा आदिवासी जनजाति महांघ वागमती प्रदेशका उपअध्यक्ष बिमल भुजेल , कोषाध्यक्ष तुलाराम मगर स्थानीय समाजसेवी हेमन्त वाइबा डम्बर घिसिङ , लगायतको विभिन्न संघ संस्था हरुको आथित्यता रहेको थियो ।