चितवन- चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोक स्थित नारायणी नदिको पुलबाट हामफालेका ब्यक्तिको सशस्त्र प्रहरीले फागुन ९ गते सकुशल उद्धार गरेको छ ।
सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षिय खिला शर्मा अधिकारी पुलबाट नारायणी नदिमा हामफालेको अवस्थामा नं १७ गण चितवन बाट खटिएको इमिडियट रेस्पोन्स टिम ( आइ आर टी ) ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको हो ।