यतिबेला पूर्वको ताप्लेजुङस्थित मुक्कुम्लुङ (पाथीभरा) क्षेत्र बहसको विषय बनेको छ । कारण व्यवसायी चन्द्र ढकालले उक्त क्षेत्रमा केबलकार निर्माण थालेसँगै यो क्षेत्र अहिले रणमैदान बनेकोले हो । हिजोआज ‘नो केबलकार’ पक्ष एकातिर छ भने र स्थानीयदेखि संघीय सरकार अर्कोतिर । सरकार जसरी पनि निर्माणको काम अघि बढाउन भन्दै आन्दोलन पक्षधरलाई उक्साउने काममा लागेको देखिन्छ ।
राजनीतिमा खासै काम नभएपछि एउटा मोर्चा गठन गरेर फुर्सदमा बसेका राजेन्द्र महतो मुक्कुम्लुङ उक्लेसँगै यो क्षेत्र फेरि तातिएको हो । मुक्कुम्लुङमा स्थानीयको चाहनाविपरीत सरकारले कुनै पनि विकास अघि बढाउनु हुन्न । स्थानीयको सहभागितामा स्वतस्फुर्त आन्दोलनह? जारी नै छ । यद्यपि राजनीतिमा आफू ‘नोटिस’मा आउन महतो शैलीका नेताह?ले यस्तो चौतारी प्रयोग गर्छन् नै । अहिले यो विषयले प्रतिनिधिसभामासमेत प्रवेश पाएको छ । प्रतिपक्षी दलह?ले तत्काल यहाँ निर्माणका कार्य रोक्न माग गरेका छन् । मुक्कुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजना पूर्णता व्यावसायिक उद्देश्यसहित छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्र हो, मुक्कुम्लुङ । बहुसंख्यक मानिस धार्मिक आस्थामात्र नभएर विभिन्न कारण धार्मिक स्थल पुग्छन् । धार्मिक स्थल वातावरणीय ?पमा स्वच्छ भएकाले पनि धेरैले मनपराउँछन् । यस्ता क्षेत्रमा व्यापारिक परियोजना अघि बढ्दा सबैभन्दा क्षति पुग्ने भनेको वातावरणमा नै हो । त्यसैले मुक्कुम्लुङमा केबलकार बन्दै गर्दा उठान हुनैपर्ने विषय वन मासिने, स्थानीयको रोजगारी गुम्ने, पर्यवरणीय असर पर्ने, स्थानीय क्षेत्रले पर्यटक गुमाउने र स्थानीयको आर्थिक उपार्जनका स्रोत गुम्ने हुन् । तर मुद्दा चाँडो सल्टाउन परियोजना योजनाकारह?ले धर्म र जातिको विषय घुसाएका छन् । जति विषयान्तर ग¥यो मुद्दा त्यति कमजोर हुने भन्दै यसलाई जातीयतासँग जोडिदिएको छ ।
यसैकारण मुद्दा कमजोर बनाउँदै स्थानीय प्रशासनदेखि संघीय सरकार यसलाई चाँडोभन्दा चाँडो आन्दोलन तुहाउने प्रयासमा लागेको देखिन्छ । तर मुद्दालाई यसरी विषयान्तर गर्दै जाँदा घाउ झनै बढ्ने देखिन्छ । यसैले सरकारले यो विषयमा संयमता अपनाउनुपर्छ । एकजना व्यापारी पोस्नका लागि जनताको रोजीरोटी खोस्ने काममा सरकार लाग्नुहुन्न ।
यो विषयमा सरकारले चाँडोभन्दा चाँडो अध्ययन समिति गठन गरेर हुन्छ वा आन्दोलनरत पक्षसँग वार्तामा बसेर समाधानका उपाय निकाल्नुपर्छ । स्पेस खोजिरहेका राजनीतिक दलका नेताह?लाई ठाउँ दिन सधैं द्वन्द्व निम्त्याउने र व्यापारी पोस्ने खेलमा राज्य लाग्न हुँदैन ।