काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मोहन्याल शाखाद्वारा मोहन्याल गाउँपालिका–४ खिमडीस्थित भृकुटी माविलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरूको पठनपाठनमा मद्दत हुने हिसाबले रु १,००,०००।– (अक्षरेपी रु.एक लाख) आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम हस्तान्तरण कार्यक्रमका अवसरमा बैंकका मोहन्याल शाखाका कर्मचारी तथा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकको उपस्थिति रहेको थियो । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायीहुने विश्वास बैंकले लिएको छ ।