काठमाडौं – विगत लामो समयदेखि रोकिएको आधारभूत पर्वतारोहण सीप तालिम र पेशागत पर्वतीय पथ लिडर तालिम सम्पन्न भएको छ । बिहिबार नेपाल पर्वतारोहरण संघ(एनएमए–NMA)ले एक कार्यक्रमको आयोजना गरी दुवै तालिमका सहभागी प्रशिक्षार्थीहरूर प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरी सम्पन्न गरेको हो ।
अध्यक्ष निमा नुरू शेर्पाले सो कार्यक्रमको सभापतित्व गर्दै धेरै लामो समयपछि यो तालिम दिएर केही मात्रमा नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सफल भएकोमा प्रशिक्षार्थीहरूलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे । उनले भने , कोभिड जस्तो महामारी र अन्य विविध कारणले स्थगित यो तालिम पुन सञ्चालन गरिएको छ ।’

नेपालमा हाल यस किसिमको तालिम दिन संघले , संस्थानले र सिटिइभिटी(प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् –CTEVT )ले तीन तहका रूपमा पर्वतीय नेतृत्व विकासमा टेवा दिन तालिम सञ्चालनमा ल्याएको उनले बताए । यो भन्दा अघिल्ला वर्षहरूमा संघले ४० जना वार्षिक रूपमा तालिम दिने गरेकोमा अबको यस प्रकारको तालिमले वार्षिक रूपमा एक सयभन्दा माथि जनशक्ति उत्पादन हुनेमा विश्वस्त भएको उनले बताए ।

पर्वतारोहण सीप विकासका लागि पहिलाे पटक ‘पेशागत पर्वतीय पथ लिडर' पाठ्यक्रम सार्वजनिक
उक्त कार्यक्रमका प्रमुख अतिथि एवम् कार्यक्रमका प्रमुख अतिथिका रूपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूण कुमार चौधरी र संघका अध्यक्ष शेर्पाले संयुक्त रूपमा ‘पेशागत पर्वतीय पथ लिडर (Prossfessional Mountain Leader) नामक पाठ्यक्रम विमोचन गरेका छन् । कार्यक्रममा राज्यमन्त्री चौधरीले भने, ‘आज लिखित रूपमा जिम्मेवारी पाउनुभएका सबै सहभागीहरूलाई धन्यवाद छ । प्राविधिक शिक्षा ,सिटिइभिटीमा पनि यो सामवेश भएको छ, जसले गर्दा उत्पादित दक्ष जनशक्तिले देशको आर्थिक अवस्थामा निकै टेवा पुग्नेमा आशा पलााएको छ । उनले कार्यक्रमा उल्लेखित विभिन्न समस्या र सल्लाह सुझावहरूबजेटको पूर्वसंध्यामा पहल गरिने आश्वसन दिए । जनताको सेवा गर्न कर्मचारीहरू भएकाले कर्मचारीतन्त्रबाट नपन्छिन अहिले जिम्मेवारी पाएका सबै प्रशिक्षार्थीहरूलाई उनले आग्रह पनि गरे ।

राज्यमन्त्री चौधरीले सम्पूर्ण सहभागी प्रशिक्षार्थीहरूख र प्रशिक्षकहरूलाई प्रमाण पत्र , ब्याज र टोकन अफ लभ प्रदान गरे । आधारभूत पर्वतारोहण सीपका लागि २२जना सहभागीहरूलाई ८ जना प्रशिक्षकहरूले प्रशिक्षण गराएका थिए भते अन्तर्राष्ट्रिय पर्वत लिडरका ३२ सहभागीहरूलाई छ जना प्रशिक्षकहरूले प्रशिक्षण गराएका थिए ।

प्रेस काउन्सीलका अध्यक्ष वालकृष्ण बस्नेतले भने ,‘ संघले दिएको यो तालिम सहरायिन र राम्रो काम हो । यो कदम सकारात्मक छ । प्रशिक्षार्थीहरूलाई बधाइ दिँदै ‘हिमदूत’ को उपनाम दिँदै भने यो प्रमाणपत्र पाउन त्यति सजिलो नभएको भन्दै सही सदुपयोग गर्न शुभकामना दिए । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।

पर्वतारोहणका लागि आधारभूत सीपका सहभागीहरूको सूची
१ ।श्री राजन भट्टराई
२।श्री प्रकाश तिमिल्सिना
३ श्री नोर्बु लामा
४।सुरजन तामाङ
५।श्री नीमा थुण्डु शेर्पा
६।श्री एनजीमा फिन्जो शेर्पा लामा
७।श्री फुरतेन्जी शेर्पा
८।विजय कुमार पाठक
९।श्री फुर्वा तेन्जिन लामा
१०।सुश्री निशा भोटे
११।राजकुमार गुरूङ
१२।इन्द्र बहादुर तामाङ
१३। श्री सचिन तामाङ
१४।श्री अच्युतराज रेग्मी
१५।सुश्री कुञ्जाङ छोपेल शेर्पा
१६।सन्तोष ब्लोन
१७।श्री अन्द्रिस अवाले
१८।श्री नगावाङ तेन्जी शेर्पा
१९।श्री अभिषेक धिताल
२०।श्री दावा दोर्जी लामा
२१।श्री ल्हाक्पा गेलु शेर्पा
२२।श्री विशन योन्जन
पर्वतारोहणका लागि आधारभूत सीपका लागि प्रशिक्षकहरूकाे सूची
१।श्री दावा टाशी शेर्पा
२।श्री सञ्जीव गुरूङ
३। श्री रामकाजी तिवारी
४।श्री पासाङ लामा
५।श्रीसार्की शेर्पा
६।श्री लालबहादुर जिरेल
७।श्री रक्षाराज तामाङ
८। श्री सुदास लामा
अन्तर्राष्ट्रिय पर्वत लिडरको सूची
१ दावा टाशी शेर्पा
२ केशर श्रेष्ठ
३ सार्की शेर्पा
४ मणि कुमार राई
५ लच्छुमान तामाङ
६ कृष्ण कुमार मगर
७ राम काजी तिवारी
८ डिक्की शेर्पा
९ दावा छिरिङ लामा
१० लेन्डुक ल्होमी
११ दोर्ची वाङ्डाक भोटे
१२ पासाङ छिरिङ शेर्पा
१३ अर्जुन मगर
१४ कुसाङ शेर्पा
१५ आकाश केसी
१६ छेसाङ भोटे
१७ दोर्ची भोटे
१८यान बहादुर थापा
१९ मानबहादुर खत्री
२० शेस कान्ता शेर्पा
२१ ङिमा छेछी शेर्पा
२२ ङिमा काल्देन शेर्पा
२३ खड्ग नारायण राई
२४ अर्जुन कुमार राई
२५ तान्जिन ग्याल्जेन लामा
२६ आङ नुरूशेर्पा
२७ एन्जेली शेर्पा
२८ संयम रूम्बा
२९ सामिप मैनाली
३० न्निमा सेवाङ शेर्पा
३१ सुमिना गुरूङ
३२ मिकी कुलुङ
अन्तर्राष्ट्रिय पर्वत लिडर प्रशिक्षकहरू( गर्मी र जाडो घटकहरू)काे नामवली सूची
१ दावा टाशी शेर्पा
२ राम काजी तिवारी
३ सार्की शेर्पा
अन्तर्राष्ट्रिय पर्वत लिडर प्रशिक्षकहरू( गर्मी र जाडो घटकहरू)काे नामवली सूची
१ मणि कुमार राई
२ कृष्ण कुमार मगर
३ केशर श्रेष्ठ