काठमाडौं– सन्राइज बैंकले ‘सन्राइज एनआरएन डिपोजित अकाउन्ट’ संचालनमा ल्याएको छ । विदेशमा बस्ने गैर आवासीय नेपालीहरूलाई केन्दि«त गरी ल्याइएको यस खातामा गैर आवासीय नेपालीहरूले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा मुद्दती खाता खोल्न सक्नेछन् । जम्मा भएको सो रकम तोकिएको समय अवधि पछि विना झन्झट विदेशमा फिर्ता लान सकिनेछ । २ देखि ५ वर्ष अवधिको लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक ४ प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ । विदेशमा पाइने ब्याज भन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकहरूलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ । यसको लागि विदेशबाटै खाता खोल्ने व्यवस्था समेत रहेको बैंकले जनाएको छ । उक्त मुद्दती खाताको आधारमा ग्राहकहरूले ९० प्रतिशतसम्मको कर्जा समेत लिन सक्नेछन् ।