१७ बर्षका रोशन खत्री नेपालगञ्ज स्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत अनुशासित विद्यार्थी हुन् । बुवा मोहनलाल खत्री र आमा सुन्दरी खत्रीको न्यानो कोखबाट कम्दीमा जन्मेका खत्री अहिले रामनगरमा बस्दै आएका छन् । उनी वुवा, आमाको एक्लो छोरा हुन् । बाल्यकाल देखिनैं पढाई सँगै अतिरिक्त क्रियाकलापमा रुचि राख्ने रोशनको परिवारमा दुई जना बहिनी छन् । पढाईसँगै खेलकुदमा पनि रुची राख्ने रोशनलाई भलिबल खेल धेरै मन पर्छ । आफनै बिद्यालयमा सम्पन्न बिभिन्न प्रतियोगिताहरुमा भाग लिई पुरस्कृत भएको उनी बताउँछन् । उनले खेलको साथ—साथै उनले एउटा डोजर पनि बनाएर स्कुलमा राखेका छन् र अरु यस्तै यस्तै औजारहरु बनाउने उनको योजना छ तर आर्थिक अभावले बनाउन सकेको छैन्—उनले भने—आर्थिक भए पछि अरु पनि बनाउने योजना छ । रोशनले युकेजि सम्म पशुपति स्कुलमा कक्षा १ देखि ५ सम्म साउथ पोइन्ट कम्दीमा पढेका थिए भने कक्षा ६ देखि ७ सम्म आई सी.के.बी. एस. स्कुलमा अध्ययन गरेका थिए । कक्षा ९ देखि महेन्द्र माध्यमिक स्कुलमा पढिरहेका रोशन ईमान्दार मेहनती धेरै साथी बनाउने सबै सँग मिल्ने बिद्यार्थी हुन् । उनलाई सब भन्दा मन पर्ने बिषय बिज्ञान बिषय हो, जसमा उनले ७० प्रतिशत ल्याउने गरेका छन् । धेरै पढेर नेपाली सेनामा नौकरी गर्ने उनको धोको छ ।
- रुपा चौधरी