काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज प्रतितोला सुनको मूल्य रु तीन सय र चाँदीको मूल्य रु ३५ ले बढेको हो ।
बुधबार प्रतितोला रु एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ८५ मा किनबेच हुँदैछ ।