काठमाडौं - नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले टुरिष्ट गाइडदेखि बारिस्टासम्म तीन सय ६० जनालाई तालिम दिने भएको छ । बुधबार गोरखापत्रमा एक सूचना जारी गर्दै टुरिस्ट गाइडमा दुई सय जना, कुकमा ४० जना, बेकरीमा ४० जना, बारिस्टामा ४० जना र बारटेन्डिङमा ४० गरी ३६० जनालाई तालिमका लागि दरखास्त आह्वान गरेको हो ।
टुरिष्ट गाइडमा १० हप्ता, कुकमा तीन महिना तथा बेकरी, बारिस्टा र बारटेन्डिङका लागि एक–एक महिनाको तालिम अवधि रहने नाथमले जनाएको छ । तालिम शुल्क टुरिस्ट गाइड र कुकका लागि क्रमश २५/२५ हजार तथा बेकरी, बारिस्टा र बारटेन्डिङका लागि क्रमश २०/२० हजार तोकिएको छ ।
टुरिस्ट गाइडका लागि न्यूनतम योग्यता स्नातक वा सो सरह तोकिएको छ भने बाँकी चार विधाका लागि एसइई वा सोसरहको सूचनामा उल्लेख गरिएकाे छ ।
