काठमाडौं - गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गरेका हुन् ।
गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो ।गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।