काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बढेकाे छ । आज प्रतितोला सुनको मूल्य रु एक सयले बढेकाे र चाँदीको मूल्य रु ५ ले घटेको हो ।
शुक्रबार प्रतितोला रु एक लाख ७० हजार दुइ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
त्यस्तै,शुक्रबार चाँदी प्रतितोला रु एक हजार नौ सय ९० मा काराेबार भएकाेमा आज चाँदी प्रतितोला रु एक हजार नौ सय ८५ मा किनबेच हुँदैछ ।