लखनऊ – भारतको लखनऊमा कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न एक मेडिसन विभागका डाक्टरलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमणको लक्षण देखिएकाले ती डाक्टरलाई परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनलाई हाल आइसोलेशन वार्डमा भर्ना गरिएको जनाइएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसले तीनजनाको ज्यान लिइसकेको छ भने १ सय ४१ जना कोरोना संक्रमित रहेको पुष्टि भइसकेको छ ।