काठमाडौं - नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घटेको छ । नेपालमा रहेकाे एप्पलको आधिकारिक वितरक जेनेरेसन टेक्स्ट कम्युनिकेसन्स प्रालिले हालै यस सिरिजसहित अन्य पुराना मोडलहरूको मूल्य परिमार्जन गरेको जनाएकाे हो ।
हुकुट, ओलिज स्टोर, इभो स्टोरजस्ता आधिकारिक एप्पल स्टोरबाट आईफोन १६ मोडेल खरिद गर्दा एक वर्षको अतिरिक्त वारेन्टी, दुई पटक फ्रन्ट स्क्रिन रिप्लेसमेन्ट र दुई पटक ब्याक ग्लास रिप्लेसमेन्टको सुविधा पाइने कम्पनीले जनाएको छ ।
साथै एप्पलको २० वाटको चार्जिङ एडाप्टर पनि निःशुल्क पाइने छ । अब आईफोन १६ प्रो म्याक्सको २५६ जीबी भेरियन्ट दुई लाख सात हजार रुपैयाँमै किन्न सकिन्छ भने ५१२ जीबी भेरियन्टको मूल्य दुई लाख ४५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, १ टीबी भेरियन्टको नयाँ मूल्य दुई लाख ८४ हजार रुपैयाँ रहेको छ ।
आईफोन १६ सिरिजको अपडेटेड मूल्य सूची
