काठमाडौँ – राजधानीको सानोभर्याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सानोभर्याङबाट गोरखाका युवराज न्यौपानेलाई १० लाख मास्कसहित पक्राउ गरेको हो । मास्क राखिएका कार्टुनसहित न्यौपानेलाई नियन्त्रणमा लिएको र कार्यालय ल्याउँदै गरेको प्रहरीले जनाएको छ। प्रहरीले केही दिनअघि मात्र राजधानीका दुई स्थानबाट १० लाख भन्दा बढी मास्क बरामद गरेको थियो । कोरोना भाइरसको संक्रमण फैलिएसँगै बजारमा कृत्रिम अभाव सृजना गरि व्यापारीहरुले कालोबजारी गर्न थालेपछि प्रहरीले व्यापारीहरुलाई विषेश निगरानीमा राखेको छ ।