काठमाडाैं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावमा दुई जना नेपालीलाई निशुल्क एमबीबीएस अध्ययनको अवसर प्रदान गरिने भएको छ । थाइल्याण्डमा जारी गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनका अवसरमा एसियन इन्टरनेशनल युर्निभर्सिटीमा एमबीबीएस अध्ययनको लागि दुई जना नेपालीलाई अवसर प्रदान गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । संघका तर्फबाट अध्यक्ष डा बद्री केसीले र युर्निभसिर्टीका तर्फबाट रेक्टर एस एस देखकानोय (S S Dekhkanoy) ले समझदारीपत्रमा हस्ताक्षर गरेकाे हुन् ।
यस सम्बन्धि सम्पूर्ण प्रक्रियामा एनसीसी किर्गिस्तानका अध्यक्ष किसान भण्डारीले विशेष भूमिका निर्वाह गरेका छन् । उनकै पहलमा एनआरएनए र युर्निभसिटीबीच यस महत्वपूर्ण विषयमा एमओयू भएको हो ।
सम्मेलनमा भाग लिन सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पूर्वमन्त्री र सांसद पदम गिरी, सांसद माधव सापकोटा, थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरू डा. हेम राज शर्मा, रामशरण सिमखडा लगायत संघको पदाधिकारी टोली बैंकक पुगेका छन् । आइतबार बैकक घोषणापत्र गर्दै समापन गर्ने तयारी छ ।