काठमाडाैं - पाल्पाकी ओजस्वी आचार्यलाई एनआरएनए ब्राण्ड एम्बास्डर घोषित भएकी छिन् । ओजस्वी आचार्यलाई एनआरएनए ब्राण्ड एम्बास्डर घोषणा गरिएको हाे ।
पाल्पास्थित दमकडा नमुना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत आचार्य एनआरएनएद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताकी अतिथी वक्ता समेत हुन् ।
सानै उमेरमा विदेशमा बस्ने नेपालीहरुलाई नेपालसँग जोड्न योगदान गरेको भन्दै संघको तर्फबाट अध्यक्ष डा बद्री केसीले आचार्यलाई एनआरएनए ब्राण्ड एम्बास्टर घोषणा गरेका हुन् ।