काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आइतबार सचिवालय बैठक बोलाएको छ। अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाइएको पार्टीले जानकारी दिएकाे छ।
बैठकमा समसामयिक राजनीतिक विषयमा समीक्षा हुने जनाइएकाे छ । यसको साथै बदलिँदाे परिस्थितिमा भावी रणनीति अख्तियार गर्ने पनि बताइएकाे छ।
रास्वपाले आइतबारकाे सचिवालय बैठकबाट पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गर्ने भएको छ। पछिल्लाे समयमा राजा पक्षीय जुलुसहरू बढ्दै राजसंस्था स्थापनाकाे माग बढ्दै जाँदा रास्वपा चूप रहेकाे भन्दै आलोचना भइरहेकाे छ।