काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ अभियान सार्वजनिक गरेको छ ।
फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टप अप र फोन फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ भन्ने नयाँ अभियान बैंकले सार्वजनिक गरेको हाे ।
यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् ।यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु १०० को मोबाइल टपअप र कम्तीमा रु ५०० को फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नेछन् ।
यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु १०० को मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरि अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुने बैंकले जनाएकाे छ ।