काठमाडौं - अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज स्थिर रहेकाे छ । चाँदीको मूल्य भने सामान्यले घटेको छ ।
हिजाे प्रतितोला रु ४०० ले घटेर रु एक लाख ७४ हजार १०० कायम भएको सुनको मूल्यमा स्थिर रही आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यसैगरी, हिजाे चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४५ मा कायम भएको थियाे भने आज पाँच रूपैँयाले घटेर चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४०कायम भएको महासंघले जनाएको छ ।