काठमाडौं - काठमाडौंको झोर क्षेत्रबाट करिब २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति यसअघि ७ किलो सुनसहित पक्राउ परेका व्यक्ति भएको खुलेको छ । यसअघि २०७३ सालमा राजधानीको थानकोटबाट ७ किलो सुनसहित पक्राउ परेका सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा नै अमेरिकी र युरोसहित पक्राउ परेको अपराध अनुसन्धान कार्यालयले जनाएकाे हाे ।
पक्राउ परेका लामाले सो सुनकाण्डमा ५ वर्ष जेल बसेर छुटेका थिए ।२०७८ सालमा जेलबाट छुटेका लामालाई तत्कालिन एसएसपी सर्वेन्द्र खनाल अपराध अनुसन्धान कार्यालयमा हुँदा बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित पक्राउ गरिएको थियो ।
उनै लामालाई आज बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको छ । केही बेर अघि पत्रकार सम्मेलन गरेर लामालाई सार्वजनिक गरेको छ ।उनीमाथि थप अनुसन्धान जारी राखेको पनि उक्त अवसरमा जानकारी दिइएको थियो ।