काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
हिजो मंगलबार प्रतितोला रु एक लाख ७५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ८०० ले बढेर रु एक लाख ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ ।