काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रहेको छ ।हिजो प्रतितोला रु ८०० ले बढेकाे सुन आज स्थिर भइ रु एक लाख ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हाे ।
महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु एक लाख ७५ हजार २०० मा कारोबार भएकाे थियाे ।
यसैगरी, हिजाे चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएकोमा आज रू१५ ले घटेर चाँदीको मोल प्रतितोला रु दुई हजार ३० निर्धारण भएको छ ।