नेपालगन्ज ।
नेपालगञ्जको सडक बाटो संरक्षणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघको ध्यानाकर्षण गराईएको छ ।
निर्माण नसकिदै खाल्डा खुल्डीमा रुपान्तरण भएको सुर्खेतरोड सडक खण्ड खनेर नेपालगञ्ज उद्योग बाणिज्य सँघले व्यापार मेलाका लागि स्वागत गेट बनाउन थालेपछि सँघको ध्यानाकर्षण गराईएको हो ।
विभिन्न प्रकारका मेला, सांस्कृतिक कार्यक्रम र राजनीतिक कार्यक्रमहरुमा स्वागत व्यानर लगाउने क्रममा सुर्खेत रोडको दाया बाया तर्फको सडक खनी खाल्डो पार्ने गरिएका कारणसडक विग्रने, कुरुप हुने गरेको उल्लेख गर्दै नेपालगञ्जका ४ जना स्थानीय बासिन्दाहरुले नेपालगञ्ज उद्योग बाणिज्य सँघमा निबेदन दर्ता गर्दै सँघको ध्यानाकर्षण गराएका हुन् ।
सडक खनेर गेट बनाउँदा सडकमा हुने खाल्डा खुल्डीका कारण सवारी दूर्घटना समेत हुने गरेको उल्लेख गर्दै सार्वजनिक सरोकारको विषयमा निरन्तर रुपमा आवाज उठाउदै आईरहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ का नमस्कार शाह, वडा नम्वर १० का लोक बहादुर शाह, वडा नम्बर १२ अधिवक्ता विकास आचार्य र वडा नम्बर २ निवासी अभिवक्ता सुदिप भट्टराईले सँघको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
निबेदकहरुले नेपालगन्ज उद्योग बाणिज्य संघले गर्न थालेको प्रादेशिक व्यापारिक मेलाका क्रममा व्यानर, गेट लगाउने प्रयोजनका लागि सडकबाटोमा कुनै पनि किसिमको खाल्डो नखनी, नखनाई सार्वजनिक सडकबाटोको संरक्षण सम्वद्र्धन गर्न अनुरोध गरेकाछन् ।
निवेदकहरुले सडकबाटोमा कुनै किसिमको खाल्डो खनिएको भए पूर्वअवस्थामा नै जस्ताको तस्तै निर्माण गर्न समेत अनुरोध गरेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४ १०:३९