काठमाडौं- आज सुनको मूल्य एक हजारले घटेकाे छ। हिजो सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर भएको थियाे ।
आज सुनको मूल्य प्रतिताेला एक हजारले घटेर रु एक लाख ७५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हाे ।
महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएकाे थियाे ।
यसैगरी,आज चाँदीको मूल्य प्रतिताेला रु एक हजार ९५ निर्धारण भएको छ ।हिजाेकाे तुलनामा चाँदीकाे मूल्य प्रतिताेला रू ३५ले घटेकाे हाे ।
हिजाे चाँदीको मोल प्रतितोला रु दुई हजार ३० मा भएकाे कारोबार भएकाे थियाे ।