काठमाडाैं - उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ककनी गाउँपालिकाले नगद पुरस्कार दिने घाेषणा गरेकाे छ ।
नुवाकोटकाे ककनी गाउँपालिकाले एक सूचना जारी गरी चेत ७ गतेबाट सुरू भएकाे शैक्षिकसत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा, एसइईमा उत्कृष्ट जिपिए लिएर उत्तीर्ण हुने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने जनाएकाे हाे ।
एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख , ३.९ देखि ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार,
३.८ देखि ३.९ जिपिए ल्याउने विद्यार्थीलाई २० हजार , ३.७ देखि ३.८ जिपिए ल्याउने विद्यार्थीलाई १५ हजार ,३.६ देखि ३.७ जिपिए ल्याउने विद्यार्थीलाई दश हजार पुरस्कार प्रदान गर्ने पालिकाकाे शिक्षा अधिकृत पेमा दाेर्जे थाेकारले बताए ।
देशव्यापीरुपमा सुरु हुँदै गरेको एसइईमा ककनी गाउँपालिकाबाट विभिन्न केन्द्रमार्फत सहभागी हुन गइरहेका समस्त विद्यार्थीहरुमा पूर्ण सफलताको कामना गरेकाे छ ।
