काठमाडौं(प्रस)– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने र चिकित्सकलाई धन्यवाद दिएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सुर्य थापाका अनुसार बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सचिवालय बैठकले मृगौलाको सफल प्रत्यारोपणको लागि प्रधानमन्त्रीलाई बधाई र चिकित्सक तथा मिर्गाैलादातालाई धन्यवाद दिएको हो ।
प्रधानमन्त्री आलीको यही गएको २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मृगौला दान दिएकी थिइन् ।
यस्तै, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षा रोक्नेलगायतका निर्णय गरेकोप्रति बैठकले प्रशंसा गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहका थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा जनाएका हुन् ।
कारोनाको संक्रमण भएको अवस्थामा गरिने तयारीलाई समेत अझ बढी प्रभावकारी ढंगले चलाउन बैठकले सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६ ०५:३४