काठमाडौं - सुनकाे मूल्यमा आज सामान्य घटेको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ६०० ले घटेको छ ।
आज ६०० ले घटेर प्रतितोला रू एक लाख ७३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार एक सय रूपैँया कायम भएको थियाे ।
आइतबारकै मूल्यमा चाँदीकाे मूल्य पनि स्थिर भइ आज पनि प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री भइरहेकाे छ ।