काठमाडौं - हिजाे दुई सयले घटेको सुनकाे मूल्य सामान्यले बढेकाे छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु २०० ले बढेकाे हाे ।
आज २०० ले बढेर सुनकाे मूल्य प्रतितोला रू एक लाख ७३ हजार ५०० रूपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मगंलबार सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ३०० रूपैँया कायम भएको थियाे ।
सुनसँगै चाँदीकाे मूल्य पनि आज बढेकाे छ । लगातार दुई दिनदेखि स्थिर बसेकाे चाँदी आज दश रूपैँयाले बढेर प्रतितोला रू एक हजार ९९० मा खरिद बिक्री भइरहेकाे छ ।
हिजाे चाँदीकाे मूल्य प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री भएकाे थियाे ।