काठमाडौं - प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका हुन् ।
यसअघि बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूको विरोधपछि बैठक स्थगित गरिएको थियो ।लगत्तै आजै बसेको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका हुन् ।
तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
सभामुख घिमिरेका अनुसार अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।