काठमाडौं - हिजाे दुई सयले बढेकाे सुनकाे मूल्य स्थानीय बजारमा आज पनि बढेर निरन्तरता दिएकाे छ ।
सुनको मूल्य तोलामा एक हजार ३०० सय रूपैँयाले बढेकाे हाे । आज सुनकाे मूल्य प्रतितोला रू एक लाख ७४ हजार ८०० रूपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ५०० रूपैँया कायम भएको थियाे ।
सुनसँगै चाँदीकाे मूल्य आज पनि बढेकाे छ । चाँदीकाे मूल्य आज तीस रूपैँयाले बढेर प्रतितोला दुई हजार २० रूपैँयामा खरिद बिक्री भइरहेकाे छ ।
हिजाे चाँदीकाे मूल्य प्रतितोला रू एक हजार ९९० मा खरिद बिक्री भएकाे थियाे ।