काठमाडाैं - गायक तथा निर्देशक कुबेर तामाङको नयाँ एकल गीत ‘मेरो जीवन तिमी’ ले सार्वजनिक भएको छ। पुष्कर सुनुवारकाे संयाेजनमा तामाङकै गीत, स्वर र निर्देशनमा मेलोडी नेपाल स्टुडियोमा रेकर्डिङ भएको हाे ।
गीतलाई कम्पोजर कल्याण सिंहले रक-पप र फ्युजन शैलीमा सफलतापूर्वक ढाल्किएको छ। यस गीतका रेकर्डिस्ट विप्लव अधिकारी हुन्। तामाङले एरेन्जर सुनुवारको योगदानलाई गीतको सफलताको प्रमुख आधार बताएका छन् ।गीतको म्युजिक भिडियोको छायांकन र सम्पादन मोहन सुनुवारले गरेका हुन्, भने मेकअप साया राईको रहेको छ। गीतमा कलाकार सञ्जित भण्डारी र नतिजा लुइटेलले आफ्नो कलाकारिता देखाएका छन्।
तामाङले सम्पादनमा प्रयोग भएको कलर ग्रेडिङ र दृश्याङ्कनले गीतलाई अझ बढी आकर्षक बनाएको बताएका छन् । तामाङले यस गीतले दर्शकहरूको मन जित्न सफल हुने अाशा गरेका छन् । ‘यो गीत मेरो मिहिनेत र साथीहरूको सहयोगको फल हो। श्रोताहरूको प्रतिक्रिया नै हाम्रो प्रेरणा हो,’ उनले भने ।
उनले आगामी दिनमा पनि यस्तै राम्रा प्रस्तुतिहरू दिने आशा व्यक्त गरिएको छ। यो नेपाली सांगीतिक क्षेत्रमा फ्युजन शैलीको नयाँ सम्भावना राखेको छ भने तामाङ, सिंह र सुनुवारको साझा प्रयासले गीतलाई बजारमा चर्चित बनाएको छ।