काठमाडाैं- प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर दिउँसो १ बजेर १५ मिनेटका लागि सारिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै माओवादी केन्द्रसहित विपक्षी दलहरूले बैठकमा अवरोध गर्दै आएका छन् ।
तर, शुक्रबार शुक्रबार मात्रै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कार्यकारी निर्देशकबाट हटाइएका घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।