काठमाडौं - राजावादी प्रदर्शनमा व्यक्तिका घर जलेकाे छ । राजधानीको तीनकुनेमा शुक्रबार राजसंस्था पुनस्र्थापनाको मागमा नाराजुलुस चलिरहेको अवस्थामा सर्वसाधारणका घरमा ढुंगा हान्दै व्यक्तिकाेृ घर जलाएका हुन् ।
प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए । आगो निभाउन आएको दमकलमाथि राजावादी प्रदर्शनकारीहरू ढुंगा प्रहार गरे। आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो ।
सभा गर्नुभन्दा सर्वसाधारणका घरमा ढुंगा हान्नुमा, अनि प्रहरीमाथि जाइलाग्नुमा दुर्गा प्रसाईंले बढ्ता प्रभावकारिता देखे । सुरुमा राजसंस्था पुनस्र्थापनाको मागमा नाराजुलुस चलिरहेको थियो । जब कमान्डर दुर्गा प्रसाईं आए, तब स्थिति बिथोलियो । ढुंगा हान्न नपुगेर व्यक्तिका घरमा आगो लगाउन थालियो ।
राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायत नेता भने घरै बसे भने कोही संसदतिर पनि थिए ।
राजावादीको प्रदर्शनमा एक सर्वसाधारकाे २ तोलाको सुन लुटिएकाे छ ।