काठमाडौं — सरकारले बैशाख तेस्रो सातासम्मको लागि रंगशाला र खेलस्थल बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी बैशाख १८ (३० अप्रिल) सम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले यस निर्णयको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने जनाएको छ ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार मात्रै विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमबाट बच्न एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।
राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो । राखेपले त्यस पश्चात भने परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको थियो ।
राखेपको निर्णयसँगै अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरिरहेको ’बी’ डिभिजन लिग समेत स्थगित भएको थियो ।
यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको थियो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को जोखिमबाट बच्न राखेपले मंगलबार एक हप्ता देशको सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएको थियो ।
राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो । राखेपले त्यस पश्चात भने परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको थियो ।
कोरोना भाइरस अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सिर्जना भएको र विश्वका ठुला राष्ट्रले समेत विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानविय भेला हुने सम्पूर्ण गतिविधि एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको राखेपले जनाएको छ ।