काठमाडौं -तिनकुनेमा आन्दोलनकर्मीले लगाएकाे आगजनी नियन्त्रणमा आइसकेको जनाइएकाे छ ।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा आन्दोलनकर्मीले लगाएकाे व्यक्तिका घरमा आगजनी गरेका थिए ।
राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर तीनकुनेबाट भर्खरै निस्किएका छन् । त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी आएको थियो ।
स्राेतका अनुसार उनी बीएबी ४२०८ नम्बरको गाडीमा बसेर तीनकुनेबाट निस्किएका छन् ।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।