काठमाडौं - राष्ट्रियसभाको बैठक दोस्रो पटक सूचना टाँस गरेर स्थगित गरिएको छ । बैठक आजै अपराह्न ३ बजेर ३० मिनेटमा बस्नेगरी बैठक स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको हो ।
“राष्ट्रियसभाको आजै अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी सूचनाद्वारा निर्धारण गरिएकामा बैठक सो समयमासमेत विशेष कारणबश बैठक बस्न नसकेकाले राष्ट्रियसभा नियमावलीबमोजिम सभाध्यक्षले आजै अपराह्न अर्को बैठक निर्धारण गर्नुभएको छ”, सूचनामा उल्लेख छ ।