काठमाडौं - निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेकाे छ । हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ११ सयले बढेकाे हाे ।
आइतबार प्रतितोला रू एक लाख ७६ हजार ८०० मा कारोबार भएको सुन आज तोलामा ११ सयले बढेर रू एक लाख ७७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू दुई हजार ३५ कायम भएको छ ।हिजाे चाँदीको मूल्य प्रतितोला रू १५ बढेर रू दुई हजार २५ कायम भएको थियाे ।